बालुवाटारको भेला केन्द्रीय समितिको बैठक होइन गुट भेला हो: माधव नेपाल
फाइल फाेटाे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताएका छन् ।
मंगलबार थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजितनेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा एमाले ब्युँताउने खेल भइरहेको भन्दै नेता नेपालले विघटन भइसकेको नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी छौं ।’
प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिह्न मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार नभएको दाबी गरे ।
पार्टी एकता भएपछि पहिलो अध्यक्षले आफ्नो गुटका मान्छेहरुलाई माथिमाथि लगेको तर आफूविरुद्ध बोल्नेलाई अवसर नदिने एकाधाधिकारवादी शैली अपनाएको नेता नेपालको भनाई छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment