प्रचण्ड–नेपाल समूहले ओलीलाई बर्खास्त गर्यो, माधव नयाँ अध्यक्ष
काठमाडौं। नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट बर्खास्त गरेको छ। कार्की ब्यांक्वेटमा चलिरहेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई बखास्त गर्दै सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ।
सो बैठकमा एकीकृत नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये ३१० जना उपस्थित रहेको सो समूहले दावी गरेको छ। यसअघि सो समूहले पुस ५ मै स्थायी कमिटी बैठकबाट ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो।
उता नेकपा (ओली समूह)को पनि मंगलबार बिहान केन्द्रीय कमिटीको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो। एकीकृत नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट बर्खास्त गर्दै प्रदीपकुमार ज्ञवालीलाई नयाँ प्रवक्ता बनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment