शीतल निवासमा  चिनियाँ राजदूत होउ यान्छीकाे  एक घण्टा

डिसी नेपाल
७ पुष २०७७ २१:००
480
Shares

काठमाडौं। नेपालमा राजनीतिक उतलपुथल भइरहेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन्। पौने ७ बजे शीतल निवास छिरेकी राजदूत यान्छी करिब ८ बजे शीतल निवासबाट बाहिरिएको स्रोतले बतायो।

सरकारले संसद विघटन गरेपछिको उत्पन्न परिस्थिति र नेकपामा देखिएको विभाजका बीच चिनियाँ राजदूतको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन गराउन चिनियाँ भूमिका रहेको चर्चा हुने गर्छ। चुनावी गठबन्धनपछि बनेको नेकपामा विभाजन भइरहेका बेला राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेटेकी हुन्। यसअघि पनि सत्तारुढ दल नेकपामा विवाद हुँदा यान्छीले नेकपा नेताहरुलाई भेट्न् गरेकी थिइन्। राष्ट्रपति भण्डारी पनि नेकपाको विवादमा सक्रिय बन्दै आएकी थिइन्।

संसद विघटन गर्ने सरकारको सिफारिशलाई तुरुन्तै सदर गरेपछि हाल राष्ट्रपति भण्डारीको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *