ओली समूहकाे  प्रशिक्षणमा खटिए नेता

डिसी नेपाल
८ पुष २०७७ १२:४८
80
Shares

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ। केन्द्रीय कमिटीमा मङ्गलबार सातै प्रदेशका मनोनीत केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई आज र भोलि(बुधबार र बिहीबार) काठमाडाैंमा दिन थालेको छ।

प्रशिक्षणका लागि ओली समूहले विभिन्न नेतालाई खटाएको छ। सातै प्रदेशका केन्द्रीय सदस्यलाई विभिन्न स्थानमा प्रशिक्षण दिन थालिएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

सोअनुसार प्रदेश नं १ मा सुवास नेम्वाङ, ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फे, प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, वाग्मती प्रदेशमा पोखरेल, टोपबहादुर रायमाझी र पद्माकुमारी अर्याल तथा गण्डकी प्रदेशमा रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिने छन्।

यस्तै लुम्बिनी प्रदेशमा महासचिव विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, थापा र गोमा देवकोटा, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, ज्ञवाली, कर्णबहादुर थापा र डा विन्दा पाण्डेले प्रशिक्षण दिने जनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार ओली समूहको केन्द्रीय कमिटी बैठकले एक हजार १९९ केन्द्रीय कमिटी बनाएको थियो। तिनमध्ये ५५६ जनालाई मङ्गलबार नै केन्द्रीय कमिटीमा मनोनयन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *