राष्ट्रलाई केन्द्रमा राखेर छलफलमा जुट्न परिवार दलकाे आग्रह

डिसी नेपाल
८ पुष २०७७ १३:४०
80
Shares

काठमाडाैं। नेपाल परिवार दलले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गरेको छ।

सो दलको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य तथा सल्लाहकारको आजको बैठकले राजनीतिक दलबीच संवाद र सहकार्य गर्दै नागरिकको हितमा केन्द्रित हुन आग्रह गर्ने निर्णय गरेको हो।

दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालका अध्यक्षतामा बसेको बैठकले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *