इराक कुर्दिस्तानमा छाँयांकन गरिएको प्रताप दास र शिला राईको ‘चन्चले–चन्चल’ सार्वजनिक
काठमाडौं। नेप्लीज सिंग टुगेदर (एनएसटी)को प्रस्तुतीमा बनेको रोमान्टिक म्यूजिक भिडियो ‘चन्चले–चन्चल’ डिजिटल प्लेटफर्म यूट्युबमार्फत बुधबार सार्वजनिक गरिएको छ। गीतमा प्रताप दा र शिला राईको स्वर छ भने संगीत अनिल शाहीले भरेका हुन्। गीतका शब्द बिनिता क्षेत्रीले लेखेकी हुन्।
गीतको म्यूजिक भिडियो भेष गुरुङको निर्देशनमा बनेको हो। इराक कुर्दिस्तानको रमणीय परिवेशमा छाँयाकंन गरिएको भिडियोमा आर्यन मोक र सिम्रन तामाङको अभिनय रहेको छ। म्यूजिक भिडयोको सम्पूर्ण दृश्य छायांकन कुर्दिस्तानको सुलेमानीमा रहेको मनोरम स्थलमा गरिएको छ।
भिडियोमा कुर्दिस स्थानीय पोशाकलाई देखाइएको छ। भेष गुरुङले कुर्दिस्तानमा दोस्रो पटक म्यूजिक भिडियोको छाँयांकन तथा निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा आर्यन मोक र सिम्रन तामाङको रोमान्टिक अभिनयका साथै सुलेमानीको मनोरम दृश्यहरुलाई देख्न पाइनेछ।
चन्चले–चन्चलको भिडियो क्लिप सार्वजनिक हुँदा नै धेरै टिकटक बनेकाले म्यूजिक भिडियोले सफलता पाउनेमा टिम ढुक्क छ।




No ads found for this position


डिसी नेपाल
Facebook Comment