प्रचण्ड-नेपाल पक्ष आधिकारिकताको दाबी गर्न निर्वाचन आयोग र सर्वोच्च जाने

डिसी नेपाल
१० पुष २०७७ ६:४२
80
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादकै कारण दुई समूहमा विभाजन भएपछि आधिकारीकताका लागि संघर्ष चलिरहेको छ। नेकपाका प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई दुई समूहमा विभाजन गरेका हुन्।

यसअघि दुई पटकसम्म नेकपाका दुई समूहले केन्द्रीय कमिटीको बैठक भनेर छुट्टाछुट्टै भेला समेत गरेका छन्। ओली पक्षको पहिलो भेलामा प्रवक्ताको जिम्मेवारी दिइएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पहिलो बरियतको अध्यक्ष र महासचिवका साथै पार्टीको माइनोट पनि आफूहरु तर्फ भएका कारण आफूहरु आधिकारीका भएको संचाकर्मीहरुसँग भनेको थिए।

यस्तै, प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाे दाबी गर्दै  आधिकारिक आफूभएको दाबी गर्दै आएको छ। पहिलो भेलाले नै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेको र उनको रिक्त रहेको पदमा माधवकुमार नेपाललाई अध्यक्षमा मनोनित गरेको थियो भने प्रचण्डलाई संसदीय दलको नेता छानेको थियो।

ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको कार्यकारी अधिकारबाट प्रचण्डलाई हटाएको थियो। उता प्रचण्ड नेपाल पक्ष भने शुक्रबार (आज) आफ्नो आधिकारीकता दाबी गर्द सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेका छन्।

उनीहरुले आज विहान १० बजे पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यसहित संसद भंग नभएको सन्देश दिन सर्वोच्च अदालत जाने र १२ बजे आफ्नो आधिकारीकताको दाबीका लागि निर्वाचन आयोज जाने कार्यक्रम  बनाएका छन्।

केन्द्रीय सदस्य थप गरेर महाधिवेसन आयोजक कमिटी बनाएको ओली पक्षले भने आधिकारीकताका लागि सर्वोच्च र निर्वाचन आयोज जाने कार्यक्रममा तय गरेको खबर भने बाहिरीएको छैन। यद्दपी उक्त पक्षले प्रक्रियामार्फत आफूहरु आधिकारीक भएको दाबी भने गर्दै आएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *