प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको संवैधानिक इजलासमा सुनुवाई
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलासमा सुनुवाई हुँदैछ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलासमा गत बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटलाई संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो। सोही अनुसार आज संवैधानिक इजलासमा सबै रिटको सुनुवाई हुने भएको हो।
अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै परेका मुद्दामा पनि संविधानको धारा ७६को (७) को व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाएको प्रधानन्यायाधीश चोलेन्द्र राणाको बुधबारको आदेशमा उल्लेख छ।
प्रधानन्यायाधीश जबराको एकल इजलासबाट आएका १२ सहित संवैधानिक इजलासमै परेको अर्को एउटा रिटको समेत सुनुवाई हुन लागेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment