प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलास गठन
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटमाथिको सुनुवाईका लागि पाँच सदस्यीय संवैधानिक इजलास तोकिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन्। प्रधानन्यायाधीशले वरीयताक्रमअनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेका हुन्।
अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै परेका मुद्दामा पनि संविधानको धारा ७६को (७) को व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाएको प्रधानन्यायाधीश चोलेन्द्र राणाको बुधबारको आदेशमा उल्लेख छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment