मेरी प्यारी छोरी (कथा)

डिसी नेपाल
११ पुष २०७७ ७:०१

दिपा आज साह्रै उदास देखिन्छिन्। अनुहार भरी पीडा झल्की रहेको प्रष्टै देख्न सकिन्छ। वादलले ढाकिएको डम्म आकाशझैँ तिनको मुख मण्डलमा छाएको उदाशीपनले हिमांशुको मन छियाछिया हुन्छ।

‘हैन! आज तिमीलाई के भयो हँ? साह्रै नै उदासिन देखिन्छेऊ! बोल्दा पनि केही बोल्दिनऊ।’ भावुक भै सोध्छ हिमांशु।

लोग्नेको यो सोधाईले उनीमा अच्म्मको परिवर्तन ल्याउँछ। उनी हत्तपत्त पलङमा घोप्टो पर्दै रून थाल्छिन्। उनको यस प्रतिक्रियाले हिमांशुलाई झनै आश्चर्यचकित बनाउँछ। के गर्ने, के नगर्ने दोधारमा अल्झिँदै पुनः सोध्छ–‘प्लिज दिपा! केही त बोल! केही त भन! तिमीले केही भन्दिनौ भने कसरी बुझौँ तिम्रो मनको कुरा! के भयो भनन। जसले तिमीलाई यसरी दुखित बनायो।’

दिपा अझै पनि केही बोल्दिनन्। यो देखेर हिमांशु वाक्क हुन्छ।

बुझ्नै सकिँदैन स्वास्नी मान्छेको मनको कुरा पनि, मन मनै सोच्छ। एकै छिन पछि दिपाको रूवाई बन्द हुन्छ। रुन्चे अनुहार लिई जुरुक्क उठेर बाथरुम तिर लाग्छिन्। हिमांशु एकोहोरो उनी गएतर्फ हेरिरहन्छ। ‘के भयो होला?’ मन आज बिहान अफिस जाँदा सम्मत हँसिली देखिन्थिन्।

झन् शनिबार सिनेमा हेर्न जाने प्रस्ताव पनि उनैले नै राखेकी थिइन्। तर अहिले के भयो त्यस्तो? अँध्यारो अनुहार, बोल्दा पनि केही बोल्दिन। के पर्यो होला त्यस्तो?, मबाट केही गल्ती भयो कि?’ आफैले आफैलाई प्रश्न गर्छ। अँह …..त्यस्तो केही त भएको छैन, सँगै गएका थियौं। सँधै जसो तिनलाई स्कुलमा छोडेर म अफिस गएको थिएँ।

कहीँ म अबेला आएर रिसाएकी हो कि? मन मनै शसंकित हुन्छ। एकै छिनमा दिपा बाथरूमबाट निस्कन्छे। रूमालले मुख पुछ्दै सोध्छिन्–‘खाना सेलाई सक्यो। हजुर लुगा फेर्दै गरिस्योस। म खाना तताउँछु।’ भान्छा तिर जान खोज्छिन्। हिमांशु उनलाई रोक्दै भन्छ–‘हो!

पर्दैन आज ड्रिक्स गरेर आएको छु। धेरै होइन खाली दुई प्याक मात्र’ हातले इशारा गर्दै देखाउँछ। स्वास्नीलाई फकाउने प्रयास गर्दै फेरि भन्छ–‘निकै ढिलो भएछ।’ घडी हेर्छ। ‘ओहो! ….. एघार बजी सकेछ। आई एम सरी दिपा! हेर न के गर्ने! साथी भाइहरुले कर गर्छन्। नमानो कसरी! आज त्यो इशान छ नि! तिमी पनि चिन्छौँ नि?

ओहो …! अझैसम्म मैले वहालाई चिन्न सक्या’ रहेनछु। म कति भाग्यमानी रहेछु। गर्वले शिर ठाडो पार्छिन्। मनलाग्छ, लोग्नेको गालामा चुम्वन गरूँ,! ओठमा गरूँ, निधारमा गरूँ। तर छोरीसँगै भएर असजिलो मान्छिन्। तर पनि लोग्नेको हात समाउँछिन्। र विस्तारै आफ्नो गालामा लग्छिन्। आँखा चिम्लिन्छिन्। लोग्नेको हातको स्पर्सले असिम आनन्दको अनुभूती गर्छिन्।

उसको तर्फबाट हामी साथीहरुलाई पार्टी दिएको। उसको प्रोमोसन भयो नि। मैले त ड्रिक्स छाडिसके भन्दा पनि मानेन्। के गर्ने, साथीभाइहरु कल गर्छन्। नमानौं कसरी, मानौं भने तिम्रो चित्त दुख्छ। तर पनि दुई प्याक भन्दा लिदै लिइन नि।’ साथीभाइलाई ढाल बनाई आफू बच्ने प्रयास गर्छ। ‘अनि तिमीले खाना खायौ त?’ मायालु पारामा सोध्छ। ‘खान मन छैन।’ उनी सुस्तरी भन्छिन्।

‘ओहो! त्यसरी कहाँ हुन्छ र? अहिले त तिमीले आफ्नो स्वास्थको राम्रो ख्याल गर्नु पर्छ। यस्तो कुरा पनि मैले भनिरहनु पर्छ र? हिँड! आज म तिमीलाई खुवाउँछु। आजको लागि तिमी मेरो लोग्ने म तिम्रो स्वास्नी कि कसो? उनलाई हँसाउने असफल प्रयास गर्छ।

उनी अझै पनी चुपचाप देखेर हिमांशु जुरुक्क उठ्छ र नजिकै पुगी उनको पाखुरा समाउँदै भन्छ,  ‘मलाइ माफ गर मेरी प्रियसी।’ नाटकीय पाराले भन्दै गालामा चुम्वन गर्छ। यो देखेर उनी विस्तारै मुस्कुराउँछिन्। अनि लोग्नेलाई हेर्छिन्। लाग्छ ग्रहणले छोडेको चन्द्रमा झैं तिनको मुख मण्डलमा क्रान्ती छाउँछ। हिमांशु उनलाई डोर्याउँदै भान्सातिर लाग्छ। ‘टनननन ।!’

घडीको यो आवाजले दिपाको निद्रा खुल्छ, हतपत घडी हेर्छिन, ओहो…..! सात बजिसकेछ। कति अबेलासम्म निदाँएछु। हतारिदँै बेडबाट उठ्छिन, कपाललाई जुरो पार्दै एक नजर बेडतर्फ फ्याक्छिन्।

हिमांशु अझै पनि मस्त निन्द्रामै हुन्छ। एकछिन लोग्नेलाई टोल्हाएर हेरिरहन्छिन्। मनमनै लोग्नेप्रति असिम माया जागेर आउँछ। बिस्तारै हात हिमांशुको निधारमा लग्छिन्, कपाल मुसार्छिन्, हिजोको घटनाले अझै पनि उनको मन बिथोली रहेकै हुन्छ। तर पनि उपयुक्त अवसरको प्रतिक्षा गर्छिन्।

लोग्नेको राय जान्नको लागि उचित मौका पारेर भनौंला, अवश्य पनि मानीहाल्लान् नि, मनमनै विश्वस्त हुन्छिन्। हतपत भान्छातिर लाग्छिन। सासुलाई चिया लग्न ढिलो भइसकेछ। ग्यासचुल्हो बाली चिया बसाल्छिन्। पानी बिस्तारै–बिस्तारै उम्लन थाल्छ। उनी उम्लिएको पानीमा एक तमासले हेरिरहन्छिन्। हिजोको घटना आखा अगाडि एक पछि अर्को गर्दै छचल्किन थाल्छन्।

स्कुलको दोस्रो पिरियड खाली थियो। त्यसैले उनी अफिसमा बसी पत्रिका हेरीरहेकी थिइन्। त्यतिकैमा पूजा हतारिँदै आएर सोधेकी थिइन–‘दिपा मिस,तपाईँको पिरियड खाली हो?’

उनी पत्रिकाबाट आँखा हटाई पुजा तर्फ हेर्दै हो भनेर मुन्टो हल्लाउछिन्।

‘त्यसो भए यसो एकछिन नजिकैको डा.रामकुमारको किल्निकमा जाउँ न। मेरो पनि अहिले खाली पिरियड हो।’ अलि संकोचवस भनेकी थिइन् पूजाले।

दिपा आश्चर्य भई पूजाको अनुहार निहाल्न पुगिन्न–‘के भयो पूजा मिस?सन्चो छैन की क्याहो?’ पूजाको शरिरको निरीक्षण गर्दै भनिन्।

‘हिडनुस् न त्यही गएपछि भनौंला। यहा कहाँ भन्ने?’ कुरा खोल्न अलि गाह्रो मानिन् पूजाले।

दिपाको सहकर्मी थिइन् पूजा। दुवै अति मिल्थे। दुवै एउटै स्कुलमा पढाउथें। हुन त दिपाले पढाउन थालेको धेरै भएता पनि पूजा भने एक वर्ष अगाडिमात्र पढाउन आएकी थिइन्। तर पनि यी दुई शिक्षिकामा घनिष्ठता थियो। दुवै एकआपसको आन्तरिक कुरा पनि एकआपसमा सुनाउँथे। सर–सल्लाह र सुझाव लिन्थे।

उमेरमा दिपा भन्दा पूजा कान्छी नै छिन्। तर पनि खुल्ला दिल भएकी मृदुभाषी पूजाले चाँडै नै दिपालाई आफ्नो प्रिय साथी बनाएकी थिइन्।
दिपालाई पनि राम्री चिटिक्क परेकी पूजाको अनुहार साह्रै नै मन पर्दथ्यो। उनको कुनै पनि कुरा तिनी सहजै स्विकार्थिन्, हित्तचित्त मिलेको थियो पूजासँग दिपाको। दुवै सँगसँगै डा.आर.के.शाहको क्लिनिक थापाथली पुगे। स्कुलबाट करिव दश मिनेटको बाटो थियो।

डाक्टर विरामी जाँच्न व्यस्त थिए। पूजाले आफ्नो नाम लेखाइन्। दिउँसो भएकोले खासै भिड थिएन। तीनचार जनापछि पूजाको पालो थियो। नाम लेखाएपछि पूजा दिपासँगै पर्खेर बसिन्। दिपालाई भने कोतुहल लागि रहेको थियो। त्यसैले बिस्तारै भनिन्–‘हैन! के को लागि आउनुभा भन्नुस् न?’ उत्सुकता देखाइन्।

‘अझै पनि थाहा पाउनु भएन तपाँईले?’ मुसुक्क हाँसिन्। दिपाको अनुहारतिर हेरिन्। ‘मेरो महिनावारी रोकिएको तिन महिना भइसक्यो क्या।’ दिपाको कानैमा मुख लग्दै खुस्स भनिन्।

‘ए …. ! धत्! म पनि कस्ती लाटी! शंका त लाग्या थियो, अघि क्लिनिक भित्र आउँदा नै। यति भन्न पनी लाज मान्नु पर्छ त?’ हाँस्दै भन्छिन् दिपा।
‘तर ….. दिपा मिस म किन आएकी यहाँ? तपाईँले थाहा पाउनु भएन जस्तो छ। म यँहा भिडियो एक्सरे गरेर बच्चा छोरो होकी छोरी हो भन्ने जान्नको लागि चेक गर्न आएकी। अल्ट्रासाउण्ड गरेपछि थाहा हुन्छ, छोरा हो की छोरी भन्ने कुरा। बुझ्नु भो त?’ दिपालाई बुझाउने प्रयास गर्छिन्।

‘ए त्यसो पो हो? बल्ल बुझेँ।’ –‘पूजा मिस त्यसरी पत्ता लाएपछि के गर्ने त।’.दिपा मुसुक्क हाँस्छिन्।

‘छोरो रहेछ भने आनन्दै भैहाल्यो। तर छोरी रहेछ भने त …….।’ वाक्य बीचैमा ऊड्किन्छ। पूजा दिपाको मुख हेर्छिन्। दिपा उत्सुकता बस हेर्दै सोधछिन्।

‘छोरी रहेछ भने के गर्नु हुन्छ?’ –‘एवोर्सन गर्छु। छोरीलाई जन्म दिएर को दुःख बेहोर्छ र?’ पूजा सजिलैसँग उत्तर दिन्छिन्। दिपा आश्चर्य मान्दै पूजाको अनुहार केलाउन थाल्छिन्।

‘यतिकैमा श्रीमती पूजा थापा।’ भनेर भित्रबाट नाम वोलाइयो । पूजा विस्तारै उठछिन्। –‘एकछिन् बस्नुहोस है।’ दिपालाई भन्दै सरासर भित्र गइन्। दिपा छक्क पर्दै पूजा गए तर्फ हेरिरहिन्। करिव १५ मिनट पछि प्रशन्न मुद्रामा देखा परिन्। परीक्षामा सफल भएझै दिपाको मन्मा खुल्दुली बढ्न थाल्यो।

पूजाको चेहेराको भाव पढ्दै सोधिन्। –‘साँच्ची के रहेछ पूजा मिस कति समय लाग्दो रहेछ?’ पूजा आश्चर्यमिश्रित भाव लिई दिपातर्फ हेरिन् अनि मुसुक्क मुस्कुराउँदै भनिन्–‘किन तपाईँ पनि चेक गर्नु हुन्छ?’

दिपाले स्वीकृतिवस मुन्टो हल्लाइन्। पूजा सर्सरती आफ्नो नजर दिपातिर दोडाउँदै भनिन्।–‘ल! अगिनै भन्नु पर्दैन दिपा मिस, तपार्इँ पनि कस्तो मान्छे? खासै धेरै समय लाग्दैन। हिड्नुस् म भित्रै पुर्याइदिन्छु। सवै पेसेन्टहरू पनि त सकिसकेका छन्। पूजा चारैतिर सरसर्ती हेर्छिन्। अनि दिपाको हात् समातेर नाम लेखाईभित्र डाक्टरकोमा पुर्याइ दिइन्।

करिब २० मिनेटपछि दिपा बाहिर आइन्। अनुहारभरि निराशाको रेखा स्पष्ट देखिन्थ्यो। अध्यारो अनुहार पार्दै आएर पूजासँग सिटमा थचक्क बसिन्। सुईयाँ ….। लामो सुस्केरा तानिन्। निधारमा हात राखेर निहुरिरहिन्।–‘दिपा मिस के भयो?’ पूजाले आत्तिदै सोधिन्। पूजाको अनुहार तिर हेरिन्।

दिपाले आँखाभरि आशुँ पार्दै भनिन्। ‘छोरी।’ काँधमा टाउको लुकाउँदै सुँक सुँकाइन्। ‘हत्तेरिका! पीर मान्नु पर्दैन, दिपा मिस। उपाय छँदैछ नि के भो र? हिड्नुहोस् जाऊँ।’ पूजाले सान्तवना दिँदै भन्छिन्।

‘हैन चिया पाक्या छैन भन्या?’ सासु पूजा कोठाबाटै हकार्छिन्। उनी झसँग झस्किनछिन्। चियाको पानी त भकभक उम्लिसकेछ। हत्तपत्त पाकेटको दुध काट्दै चियामा खन्याउछिन्। एक कप तात्तातो चिया सासुलाई पूजा कोठामा टक्र्याउन पुग्छिन्।

‘छोरी स्कुल गई सकी।’ वाथरुमबाट मुख पुछ्दै हिमांशुले सोध्छ।

‘हजुरको उठ्ने वेलामा त छोरीको एक पिरियड् सकिन्छ।’ दिपा लोग्नेलाई व्यङ्ग गर्दै भन्छिन्।

‘खै भुजा लेऊ। अफिस जान ढिला भै सक्यो।’ यसो घडी हेर्छ , ‘अहो… दश बजी सकेछ। सबैले खाई सके?’ स्वास्नीतर्फ प्रश्न वाचक दृष्टि फ्याक्छ। दिपा केही नबोली टेबुलमा खाना सजाउन थाल्छे। हिमांशु टोलाएर स्वास्नीको कृयाकलाप हेरी रहन्छ।
‘हैनी तिमी नखाने त?’ आफ्नो मात्र भाग राखेको देखि हिमांशु आश्चर्य मान्दै सोध्छ।

‘मलाई अहिले खान मन छैन। टाउको दुखिराखेको छ। पछि खाउँला हजुर खाइस्योस।’ लोग्नेलाई आग्रह गर्छिन्।

‘स्कुल जानु पर्दैन तिमीलाई?’ थाल हत्तपत्त आफूतिर तान्दै हिमांशु भन्छ।

‘आज म जान्न।’ दिपा छोटो उतर दिन्छिन्।

‘किन, के भयो?’ उत्सुकतावस भातको गाँस हातमा रोकी स्वास्नी तर्फ हेर्छ।

‘अलिअलि टाउको दुखेको छ, सन्चो नहोला जस्तो छ, हजूर गइस्योस ढिला भै सक्यो।’ लोग्नेलाई आग्रह गर्छिन्। हिमांशु हत्तपत्त खाना खाएर अफिस तर्फ हिँडिहाल्छ।

दिपा पनि किचनको काम सकाई कोठामा आउँछे, मन बेचैन हुन्छ। मुटुको धड्कन एक तमासले धड्किन्छ। पलङ्मा गएर पल्टन्छे। उत्तानो परी सिलिङतर्फ हेरी रहन्छे। मनमा अनेको कुरा खेलाउन थाल्छे। ‘मनको वह कसैलाई नकह’ भनेझैं के गर्ने के गर्ने उकुशमुकुश हुन्छे। मनभित्र ज्वारभाटा फुटी रहेको हुन्छ।

‘साँच्चै, मेरो पनि पूजाको जस्तो छोरो भएको भए कति रमाइलो हुन्थ्यो। आफूलाई छोरो पाउने कस्तो रहर थियो, सबै भत्ताभुङ्ग भयो। उहाँ भने जेठी दिज्यूको छोरै छोरा दुईओवटा भैसक्यो। आफ्नो भने यो पाली पनि छोरी, कस्तो कर्म रहेछ मेरो?

उहाँलाई पनी छोराको कम्ता रहर छैन र भन्या? जहिले पनी मलाई त छोरा है छोरा, भनिबक्सन्थ्यो। आखिर पहिलो पल्ट छोरीनै भयो तर पनी उहाले चित्त वुझाई वक्स्या थियो। ‘दिपा छोरा छोरी एकै हुन्। हाम्रै सन्तान, हाम्रै प्रेमका फुल चिन्ता नगर।’ कस्तो उल्टै मलाई सम्झाइ बक्स्यथियो। तर! के गर्नु एक दिन सासुले व्यङ्ग्य गरि हालिन्। छोरो पाउनलाई तपस्या गर्नु पर्छ, तपस्या। त्यसै पाइन्छ छोरा।’ त्यसै पाइन्छ छोरा?

त्यो दिन कति चित्त दुख्याथ्यो। रात भरी रोई रहें। उहाँ पनि बाहिर गइस्या बेला पर्यो। हुन त मलाई पनि छोरै पन पर्या त हो नि । के गर्नू आफूले चाहेरमात्र नहुने रहेछ। आ…,जे सुकै होस ‘एवोर्सन’ गर्छु। पूजाले भने जस्तै कहाँबाट छोरी जन्माएर सबैको इच्छा आकांक्षमा पानी पार्ने। बरु उहाँ मान्ने हो कि हैन। हुन त उहाँलाई पनि त छोराको धोको छ। नमाने पनि रोई कराई भएपनि मनाउँला। मनमनै धुक्क हुँदै आँखा चिम्लिन्छिन्।

दीपा मख्ख परिन्। लोग्नेले आफूले भनेको कुरा मानिदिएकोमा मनमनै खुशी भई पूजालाई साथी लिएर सरासर डा.पोखरेलको क्लिनिकमा पुगिन्। डाक्टरलाई सबै कुरा बताइन्। डक्टर मख्ख पर्छ, पैसा कमाइने भो भनेर, केशको मोलमोलाई हुन्छ। डक्टर पच्चिस हजारमा काम गर्ने इच्छा व्यक्त गर्छ्न्।

ओहो…! कस्तो महंगो? मेरो दुई महिनाको तलब नै चट हुने भयो। वा…! डक्टरको पनि राम्रो कमाई हुँदो रहेछ। हुन पनि किन नहोस ‘गैरकानुनी’ काम गरेपछि। के गर्ने छोरो भैदिएको भए यो सब त गर्नु पर्दैन थियो। छोरीको हत्या गर्न पैसा खोज्न थाल्छिन्। पर्स खोल्छिन् बीस वटा हजारको र दुई वटा पाचसयको नोट जम्मा एक्काइस हजार यतिले त पुग्दैन, के गर्ने अरु पैसा पूजासँग सापटी माग्छिन्।

मुसुक्क मुस्कुराउँछिन्। त्यसपछि त अवश्य पनि छोरा होला नि। मनमनै ढुक्क हुन्छिन्। छोरालाई पढाउँला अनि डाक्टर बनाउँला, त्यसपछि त पैसा कमाई हाल्छ नि! यहाँ त जसरी भए पनि पैसामात्र कमाउनु पर्छ। अनि त मान, प्रतिष्ठा, इज्जत त पैसा सँगसँगै आइहाल्छ नि! पैसा भए पछि सबैले इज्जतको दृष्टिले हेर्छन्। उहाँ पनि इमान्दर मान्छे होइसिन्छ। पैसा भन्दा इज्जत ठूलो भनिसिन्छ।

आ…! बेकारको कुरा, हाम्रो जस्तो सोसाईटीमा त पैसा पो ठूलो, थाहै छैन् यी कुरा उहाँलाई। नत्र भने त्यत्रो भ्रष्टाचार गर्ने सांसद मन्त्रीहरुलाई कस्तरी सबैले हजूर हजूर भनेर इज्जत गर्छन्। कुरै बुजिसिन्न छ्या…! म पनि के सोचिरहेकी यस्तो बेलामा पनि। मुसुक्क हाँस्छिन र डाक्टरको कृयाकलाप हेर्न थाल्छिन्। एकाएक तिनको हृृदयमा वात्सल्य प्रेम पलाउँछ। बच्चाको मायाले छोप्छ। डक्टरको अनुहार हेर्न थाल्छिन्। डक्टरको हँसिलो अनुहार एकछिन पछि बिस्तारै परिवर्तन भई विभत्स हुँदैँ जान्छ। उनि डराएर आँखा छोप्छिन्।

डक्टरको आँखा पूर्ववत स्थितिमा आई सकेछ। डक्टर उनको नजिक आई बस्तारै अनुरोध गर्छ ‘यहाँ पल्टनुहोस।’ हातले इसारा गर्दै ठाँउ देखाउँछ। उनी छक्क पर्दै डक्टरको अनुहार नियाल्न थाल्छिन्। डाक्टर यी कुराहरुको वास्ता नगरी आफ्नो काममा तल्लिन हुन्छ। उनी बिस्तारै बेडमा पल्टिन्छिन। एकाएक शरीरमा परिवर्तन भए झै जस्तो लाग्छ।

उनी अचम्म मान्छिन्। बिस्तारै–बिस्तारै उनलाई आफ्नो पेट बढ्न थालेको महशुस हुन्छ। उनी आत्तिँदै पेटतिर हात पुर्याउछिन्। लौ! कस्तो आश्चर्य! उनको पेटमा एक किसिमको कम्पन हुन थाल्छ। उनी पेट छम्छिन्। बिस्तारै–बिस्तारै कम्पन कम हुन थाल्छ। तर पेट दुख्न थाल्छ। के भएको होला छक्क पर्छिन् डाक्टरलाई बोलाउँकी। अहँ..! मुखबाट आवाजनै निस्किँदैन, पेट भने जोडले दुख्न थाल्छ।

उनी अतालिँदै पेटलाई जोडले थिच्न थाल्छिन्। अकस्मात ‘चिहाँ! चिहाँ!’ नवजात शिशुको रोदन चारै तिर गुन्जन्छ। ओ हो …कस्तो अचम्म! छोरी जन्मिई उनी विस्फारित नेत्रले छोरीलाई हेर्छिन्। शरीर हलुका भएको महशुस गर्छिन्। मुटुभरी माया भरिएर आउँछ। बिस्तारै हातले सुम्सुम्याउन् खोज्छिन्। तर के अचम्म! भर्खरै जन्मिएकी छोरी रुन छोडेर ट्वालट्वाल्ती उनलाई हेर्न थाल्छे। एकाएक नवजात शिशुमा अचम्मको परिचवर्तन हुँदै जान्छ। उनी देख्छिन् छोरीको स–साना हातखुट्टाहरु बिस्तारै–बिस्तारै ठूल्ठूला हातखुट्टमा परिवर्तित हुँदै गइरहेछ।

उनी छक्क पर्छिन्, मूर्तिवत टोलाएर छोरीलाई हेरीरहन्छिन्। रातो जामा लगाएकी, कपाल फिजाएकी, हातमा खडग लिएकी कालीको रुपमा छोरीलाई देख्छिन्। तिनी आतंकित हुन्छिन्। ‘मलाई चिन्नु भो म तपाईँकी छोरी। मेरो हत्या गर्न आउनु भएको होईन?’ उनीतर्फ आग्नेय नजर फ्याक्दै भन्दै जान्छिन्। उनी डरले थरथर काप्छिन्।

बोल्न खोज्छिन् तर आवाज गलामै अडकिन्छ, डाक्टरलाई हेर्छिन्। डाक्टर यी सब कुराबाट अनविज्ञ भई आफ्नै सुरमा काम गरी रहेको हुन्छ। उनी डाक्टरलाई बोलाउने चेष्टा गर्छिन्। तर…आवाज पटक्कै निस्कँदैन। हातमा खड्ग नचाउँदै छोरी डाक्टर तर्फ बढिरहेकी देख्छिन्, चिच्याउन खोज्छिन् तर कति चिच्याए पनि आवाज पट्क्कै निस्कदैन।

रगतै! रगत! ओहो..! डाक्टरको त घाँटी छिनालिएछ। एकातिर टाउको अर्को तिर शरीर छट्पटाई रहेछ। तप! तप !! खड्गबाट अझै तात्तातो रगत चुहिरहेछ। चारैतिर रगतको फाल्सै–फाल्सा! कस्तो बिभत्स दृष्य! उनी आतंकित भई आँखा च्याती–च्याती यी सब दृष्य हेरी रहन्छिन्।
‘मम्मी…! यो आवाजले दिपाको सब सपना चकनाचुर हुन्छ। निन्द्राबाट बिउझिन्छिन्।

निधारभरी चिट–चिट पसिना आईरहेको हुन्छ। शरीर पसिनाले निथरुक्क हुन्छ। उनी विस्फारित नजर चारैतिर फैलाउँछिन्। ढोकैमा सानी छोरी प्रतिमा स्कुलको युनिफर्ममा उभिरहेकी हुन्छिन्। कस्तो डरलाग्दो सपना! ओहो! सुईय..! लामो सुस्केरा तान्छिन्। पलङमा सोच्दा सोच्दै कुन बेला निदाइछिन् पतै पाइनन्। सपनामा देखेको दृष्यले अझसम्म पनि मुटुको धड्कन तेज भएको छ।

उनी टोलाएर भर्रखरै स्कुलबाट आएकी छोरीलाई हेरीरहन्छिन्। –‘के भयो ममी हजुरलाई सन्चो भएन, हो।’ उनको छेवैमा दगुरेर चिउँडोमा आफ्नो सानो हातले समाउँदै सोध्छिन्। उनी मोहवस छोरीलाई गालामा म्वाइको वर्षा गर्छिन्। –‘मेरो बाबा! मेरी छोरी !! सुँकसुँकाउन थाल्छिन्।

‘के भयो मम्मी, किन रुनु भएको?’ प्रतिमा आमाको आँशु पुछ्दै भन्छिन्। एकछिन् टोलाएर हेर्छिन्। अनि फेरि उत्तेजित हुँदै भन्छन्। –‘थाहा छ मम्मी, ड्याडीले भनिस्या, शनिबार सिनेमा हेर्न जाने रे। हजुर, म र अनि ड्याडी। कस्तो रमाइलो हुन्छ, हगी मम्मी?’ । दिपा रुन्चेहाँसो हाँस्दै भन्छिन्–‘ड्याडी खै त छोरी।’

‘यी म यहा छु प्रियसी।’ ढोकैमा अडेस लाग्दै भन्छ हिमांशु।

दिपा पुलुक्क लोग्नेतिर नजर लगाउँछिन्। हिमांशु हँसिलो मुद्रामा उनलाई नै हेरिरहेको हुन्छ। उनी लजाउँछिन्। प्रतिमा मज्जासँग हाँस्छिन्। हिमाँशु जुत्ता फुकाल्दै भित्र आउँछ। स्वास्नी नजिकै गएर बस्छ। स्वास्नीको अनुहार केलाउन थाल्छ। स्वास्नीको रून्चे अनुहार देखि दुखिद हुन्छ। अनि खुशी पार्ने प्रयास गर्दै भन्छ–‘एक चोटी आँखा चिम्ल त प्रिय!’

‘किन भनिबक्स्योन?’ उनी छक्क पर्दै भन्छिन्।

‘तिम्रो अनुहारमा हाँसो ल्याउन क्या?’ हिमांशु स्वास्नीको गालामा हल्कासँग चिमोट्दै भन्छ।

दिपा आँखा चिम्लिन्छिन्। हिमांशु कोटको भित्री खल्तीबाट सानो बट्टा निकाल्दै खोल्छ। हिराको औंठी हातमा लिँदै भन्छ –‘अब तिम्रो हात् लेउ त प्रिय।’ उनी लोग्नेतिर आफ्नो हात तेर्स्याउछिन्। हिमांशु तिनको दाहिने हातको साईँली औंलामा उक्त हिराको औठी लगाइदिँदै भन्छ–‘ल अब आँखा खोल त प्रिय।’

हिमांशु स्वास्नीको भाव बुझ्न खोज्छ। दिपा विस्तारै आँखा खोल्छिन्। सुन्दर हिराको औंठी, जुन् केही दिन अगाडि ज्वलरीशप जाँदा खेरी उनले मन् पराएकी थिइन्। तर त्यो वेला हिमाँशुले महंगो छ, पैसा छैन अहिले भनेर आफ्नो विवशता तेर्स्याएको थियो।

लोग्नेको आफू प्रतिको गहिरो प्रेम देखि उनी भाव विह्ल हुन्छिन्। आँखामा लोग्ने प्रति असिम् माया जागेर आँउछ। एकनासले लोग्नेको मुहार हेर्दै मुसुक्क मुसकुराउँदै भन्छिन्। –‘आहा कस्तो राम्रो! हजुर मलाई कति माया गरिसिन्छ। हजुरलाई एउटा कुरा सोधौं?’ हिमांशु पनि स्वास्नीको उज्यालो मुहार देखि मक्ख पर्दै भन्छ–‘भन न, मेरी प्रिय! एउटा त के दश वटा सोध्ने भएपनि सोध!’ स्वास्नीको चिउँडो समाती आँखामा आँखा जुधाउँछ।

दिपा सँकोच मान्दै भन्छिन्–‘यसपाली पनि मेरो छोरी नै भयो भने के गर्ने?’ हजुरले चाहे जस्तो छोरो नभएर!’ लोग्नेको प्रतिक्रिया जान्न खोज्छिन्।
हिमांशु स्वास्नीको अनुहार हेरी मुसुक्क मुस्कुराउँदै भन्छ–‘जे भए पनी ठिकै छ। छोरा छोरी एउटै हो, गर्नेले छोरीले पनि धेरै कुरा गर्न सक्छिन्।

नगर्नेले छोरो भएपनि केही गर्दैन। हामी जस्तो पढेलेखेको मान्छेले यस्तो भेदभाव राख्न हुँदैन बुझ्यौ?’ स्वास्नीलाई अझ सम्झाउँदै भन्छ– ‘तिनीहरुलाई राम्रो शिक्षादिक्षा दिनुपर्छ। राम्रो बाटो देखाइदिनु पर्छ। त्यो हाम्रो कर्तव्य हो। तिमीले पनि यस्तो कुरा गर्न सुहाउँछ र दिपा?’ उल्टो उनलाई प्रश्न गर्छ। उनि चकित हुँदै भन्छिन्। ‘तर आमालाई त…।’

दिपाको कुरा बीचैमा काट्दै हिमांशु भन्छ, ‘आमा पुरानो विचारधाराको होईसिन्छ। यहाँ बुझिसिन्न, तर हामी त एजुकेटेड हौं। एक छिन् बोल्न रोक्दै दिपाको अनुहार नियाल्दै भन्छ, ‘थाहा भयो, तिमीलाई के चिन्ता परेको रहेछ भनेर! हिजोदेखि तिम्रो अनुहारको रङ फुङ्ग उडेको छ।

छाडीदेउ यी छोरा–छोरीको भेदभाव आजकलको जमानामा छोरो नै चाहिन्छ भन्ने होइन। छोरीले पनि सब गर्न सक्छ। बरु वातावरण अनुकुल बनाइदिनु पर्छ। बाबुको नाम राख्न सक्छे, कुलको इज्जत राख्न सक्छे, अझ भनुँ भने देशको नाम राख्न सक्छे। पारिजात, पासाङ ल्हामु शेर्पालाई बेर्सेउ कि क्या हो? अझ पासाङ ल्हामु त विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर विश्व सामु नेपाली नारीको साहस र वीरताको प्रदर्शन गरेर नेपाली आमाको शिर ठाडो पारिन्।

‘आऊ छोरी।’ नजिकै नजिकै उसको कुरालाई ध्यान् दिएर सुनिराखेकी छोरी प्रतिमालाई अँगाल्दै म्वाँई खान्छ हिमांशु।

दिपा आश्चर्यचकित भावले लोग्नेलाई हेर्छिन्। लोग्नेको विचारधारामा प्रभावित् हुन्छिन्। ओहो …! अझैसम्म मैले वहालाई चिन्न सक्या’ रहेनछु। म कति भाग्यमानी रहेछु। गर्वले शिर ठाडो पार्छिन्। मनलाग्छ, लोग्नेको गालामा चुम्वन गरूँ,! ओठमा गरूँ, निधारमा गरूँ। तर छोरीसँगै भएर असजिलो मान्छिन्। तर पनि लोग्नेको हात समाउँछिन्। र विस्तारै आफ्नो गालामा लग्छिन्। आँखा चिम्लिन्छिन्। लोग्नेको हातको स्पर्सले असिम आनन्दको अनुभूती गर्छिन्।

‘अब भन, तिम्रो मनको कुरा। पक्कै पनि केही कुरा लुकाएकी छौ।’ हिमांशु कुरा खोतल्ने प्रयास गर्छ।

दिपा हिमांशुको आवाजले झसँग हुँदै आँखा खोल्छिन्। अनुहारमा प्रशन्नताको लहर दौडिरहेको हुन्छ। हत्पताउँदै उठेर जान खोज्छिन्। हिमांसु तिनको नाडी ट्याप्पै समाउँदै भन्छ,‘तिमीलाई देखेर मलाई पुरानो गानाको याद आयो। सुनाउ है?’ ठट्टा गर्दै गाउन थाल्छ ‘सागर हो…स्वास्नी मान्छे, ‘गानाको एक लाइन नसकिँदै दिपा लजाउँदै हात फुत्काएर दगुर्दै भान्सा तिर लाग्छिन्।

हिमाँसु यो देखेर ‘हा..हा..हा..गरेर खित्का छोडेर हाँस्छ। प्रतिमा पनि थप्पड बजाएर हाँस्दै बुबालाई साथ दिन्छिन्।
दिपा भान्सामा आउँछिन्। हत्तपत्त ग्यास चुलो बाली चिया बसाल्छिन्।

उनलाई लाग्छ छातीबाट गह्रुंगो ढुङ्गो पन्छिए झैं। शरीरमा फुर्ती आउँछ, मन् हलुका भैं चङगाझैं उड्न थाल्छ। मनमनै अठोट गर्छिन्, ‘त्यस्तो गलत कार्य कदापी गर्दिन। मलाई मेरो सन्तान् जे भएपनि हुन्छ। छोरो छोरी भनेर भेद–भाव राख्नु हुँदैन।

धत्! के सोचेकी थिएँ, त्यसतो कुरा!’ मनमनै पश्चताप गर्छिन्। ‘के मेरो अवैध सन्तान् हो र भन्या फाल्नलाई। यो त मेरो मुटुको टुक्रा हो यस्तो निच कार्य त कसैले पनि गर्नु हुँदैन। के छोरी हुँदैमा लोग्नेका लागि, सासू–ससुराका लागि, समाजको लागि छोरो पाउँनु पर्छ भनेर ‘एवोर्सन’ गर्नु हुन्छ र? यो त हामी स्वास्नी मानिसहरुले नै सोच्ने कुरा हो।

के छोरी पनि हाम्रै मुटुको टुक्रा होइन र? हामी आँफै छोरीका अधिकारको कुरा गर्छौं, फेरि यस्तो निच काम गर्न पनि आफै तम्सन्छौं। सबै आमाहरुले यस्तो कामको बिरोध गर्नु पर्छ। यस्तो पाप कर्म त लोग्नेको खुशीको लागि पनि गर्नु हुँदैन। छोरीको अधिकारको लागी झन् लड्नु पर्ने ठाँउमा झन् छोरीको हत्या गर्न हामी आँफै तम्सन्छौं। त्यस्तो हत्या नै हो त नि!

‘विचरी…! मेरी छोरी।’ उनको मुटु भरी गर्वमा भएको छोरी प्रति वात्सल्यप्रेम छचल्किन्छ, आँखा भरी ममता जाग्छ। विस्तारै दुबै हात पेटतिर पुर्याउँदै हातले सुम्सुम्याउँदै भन्छिन्-‘मेरी प्यारी छोरी!’

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *