नयाँ वर्षमा बिहे गर्ने मनोज गजुरेलको संकेत (भिडियो वार्ता)

डिसी नेपाल
११ पुष २०७७ २०:५२
292
Shares

काठमाडौं। नेपाली हाँस्यव्यङ्य छेत्रका हस्ती मनोज गजुरेलले कोभिड–१९ संक्रमणबाट मुक्त भएर स्वास्थ्य अवस्था सामान्य भएपछि गजुरियल शैलीमा डिसी नेपाल डटकमसँग कुराकानी गरेका छन्। कोरोनाले गरेको आक्रमणलाई उनले बिर्साउने गरी बढो रमाइलोसँग कुराकानी गरे।

कोरोनाका कारण आत्तिनु पनि नहुँने र हेल्चेक्र्याँई पनि गर्नु नहुँने उनको भनाइ छ। आफैं डाक्टर हुँन खोज्दा स्वास्थ्यमाथि खतरा हुनसक्ने उनको भनाइ छ। गाईजात्रामा उनले भारतीय मिडियाका एक पात्र अर्नव गोस्वामीमाथि गरिएको क्यारिकेचरलाई सम्झँदै गाईजात्रा कोभिडको कारणले सडक–स्टेजबाट टीभीको पर्दामा पुगेको बताए।

समसामयिक राजनीतिमाथि छोटो टिप्पणी गर्दै माधब नेपालको शैलिमा केहि व्यङ्य प्रस्तुत गरे। कमेडी च्याम्पिएनको दोश्रो श्रृंखलाको प्रारम्भिक काम सुरु भैसकेको र छिट्टै टेलिभिजनमा उनले जानकारी दिए। नयाँ बर्षसँगै नयाँ जिन्दगीको च्याम्पिएन पनि पाउँने र नयाँ जोश जाँगरका साथ अगाडि बढ्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *