चिनियाँ उपमन्त्रीले भेटे राष्ट्रपति भण्डारीलाई

डिसी नेपाल
१२ पुष २०७७ १९:१८
320
Shares

काठमाडौं। आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचौले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। आइतारबार दिउँसो साढे ४ बजेदेखि साढे ६ बजेसम्म शीतल निवासमा सो भेटवार्ता भएको हो।

भेटवार्ताका क्रमम काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन्। सत्तारुढ दल नेकपामा विभाजन र संसद् विघटनपछि उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको हो। नेपालको परिवर्तित राजनीतिक अवस्था र नेकपाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर उपमन्त्री आएको बताइएको छ।

चीन नेपालमा बलियो कम्युनिष्ट पार्टी होस भन्ने चाहना राख्दै आएको छ। नेकपा विभाजन भएपछि चीन देखिने गरी नेकपा राजनीतिमा सक्रिय भएको हो। चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएसँगै विभाजन भएको नेकपा फेरि एकजुट हुने चर्चासमेत चलेको छ। तर, नेकपाका दुबै गुट नेताहरुले हाललाई विभाजन रोकिने सम्भावना सकिएको बताउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *