कैलाली पुगेर भीम रावलले के भने ?
कैलाली। नेकपा (प्रचण्ड–माधव) समूहका स्थायी समिति सदस्य भीम रावलले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन्।
आइतबार धनगढीमा आयोजित कार्यकर्ता भेलामा उनले लोकतन्त्रका हिमायती प्रत्येक देशभक्त नेपाली तथा नेकपाका सम्पूर्ण नेता र कार्यकर्तालाई पार्टी विभाजनको विरुद्धमा सशक्तरुपमा लाग्नुपर्ने बताए।
नेता रावलले देशको वर्तमान र भोलिको भविष्य सुरक्षित गर्न, स्वतन्त्र परराष्ट्र नीतिको सुरक्षा तथा नेपालको संविधानको रक्षार्थ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरे।
‘नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा धेरै उकाली, ओरालीको सामना गरेका छौँ’, उनले भने, ‘हामीले अब आउने दिनमा कानूनी र राजनीतिक दृष्टिकोणबाट सशक्तरुपमा पार्टी र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने काममा लाग्नेछौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment