पूर्वप्रधानमन्त्री भट्टराई र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

डिसी नेपाल
१३ पुष २०७७ २१:१०
112
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले भेटवार्ता गरेको छ ।

अध्यक्ष भट्टराई निवास टोखामा आज भएको भेटमा आपसी हित, द्विपक्षीय चासो र दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो ।

यस्तै उपमन्त्रीले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरे ।

उपमन्त्रीले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताएको पूर्वप्रधानमन्त्री डा भट्टराईलाई उद्धृत गर्दै जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उनले उल्लेख गरे । भेटमा उनले अध्यक्ष भट्टराईसँग नेपालचीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताएका थिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *