विप्लव र वैद्यसहित चार कम्युनिष्ट घटककाे माेर्चाबन्दी

डिसी नेपाल
१४ पुष २०७७ १३:३५
372
Shares

काठमाडौं। सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट सरकार विरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन्।

विप्लव समूह, क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंगबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधसभा पुनस्थापना वा मध्यावधि निर्वाचनले संकटको समाधान नहुने दाबी गरेका हुन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाले निर्माण गरिएको भनिएको संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, दमन र उत्पीडन गर्दै आएको छ। कथित नयाँ संविधान अनुसार भएको चुनावबाट खड्वप्रसाद ओलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको छ। वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएका जनघात, राष्ट्रघात र चरम भ्रष्टचारी कदमहरुको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौं। त्यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुई तिहाइ बहुमत रहेको भनिएको कम्युनिष्टको खोल ओढेका केपी सरकारले पुस ५ गते संसद विघटन गरेको छ, पछिल्ला घटनाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

उनीहरुले यो व्यवस्थाभित्र सरकार परिवर्तन गरेरमात्र केही नहुने भन्दै वर्तमान राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र, वैज्ञानिक समाजवादको स्थापना हुनुपर्ने बताएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *