बागमतीका मुख्यमन्त्रीको एक्शन, संसदीय दलका नेता र सचेतक बर्खास्त

डिसी नेपाल
१४ पुष २०७७ १८:२४

काठमाडौं। आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई बर्खास्त गरेका छन्।

शालिकरामकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएपछि मुख्यमन्त्रीले एक्शन लिएका हुन्। दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। उनीहरु दुवैजना पूर्व माओवादी पक्षका हुन्। हाल उनीहरु प्रचण्ड माधव समूहमा लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *