वर्ष २०२० : डिजिटल प्लेटफर्ममा फड्को, विकसित भयो नयाँ संस्कृति

उपेन्द्र शाही
१६ पुष २०७७ ७:१०

काठमाडौं। सन् २०२० हामीमाझबाट विदाइ हुने अवस्थाामा छ। सन् २०२० को सुरुवातसँगै मानिसको ठीकठाक चलिरहेको जीवनमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले एक्कासी ब्रेक लगायो।

महामारीले पुरै विश्वलाई तिव्र गतिमा, एकैपटक र छोटो समयमा प्रभावित गर्यो। सारा विश्व कोरोना महामारीबाट आक्रान्त हुनुभन्दा ठीक अघिसम्म विश्वका राजनीतिक, आर्थिक, सामाजिक, संस्कृतिक बिकाश, बहस जुन बिषयमा केन्द्रित थिए ती ऐजेण्डाको सार्थकता एकाएक नाटकीय रुपमा परिर्वतन भयो।

भाइरस फैलनुको कारणबारे धेरै दृष्टिकोणबाट लक काटिए, छलफल र बहस भए। कसैले प्रकृतिको विकृत दोहनको परिणाम भने कसैले प्रकृतिको स्वभाविक प्रक्रिया त कसैले नाफाखोरहरुको षडयन्त्र। यस्तै कसैले विश्वब्यापी निराशा र उपायहिनताको मनोदशा एक अर्थमा विज्ञान पराजित हुनुको परिणाम बताए भने कसैले हतियार र मुनाफालई केन्द्रमा राखेर बिकासको होडमा बत्तिएको पुँजीवादी विश्वब्यबस्थाको अन्त्य बताए।

जे होस, विश्व शक्तिशाली राष्ट्रहरु चीन, अमेरिका, बेलायत, इटली, फ्रान्स जस्ता आधुनिक चिकित्सा प्रणाली बलियो भएका देशमा भाइरसले आतंकको रुप लियो। लाखाैं मान्छेले मृत्यु वरण गर्नुपर्यो, करोडौं मानिसहरु भाइरसका सिकार भए। मानव अस्तित्व नै तहस नहस हुने विश्लेषण हुन थाले। आखिर यो विश्लेषण स्वभाविक पनि थियो।

आधुनिक चिकित्सा प्रणाली मजबुत भएका देशलै नै भाइरसका अगाडी घुडा टेकेकोले दोस्रो र तेस्रो विश्वका मुलुकमा यो भाइरसले आतंक मच्चाउने आशंका गरिनु स्वभाविक पनि थियो। रफ्तारमा चलिरहेको मानिसको दिनचर्यामा भाइरसले एक्कसी ब्रेक लागाएपछि सन् २०२० समग्रमा एउटा भय, त्रासको वर्षको रुपमा मानस पटलमा कहिले भुल्न नसक्ने अमिट छाप बनेर रह्यो।

किनभने आधुनिक चिकित्सा प्रणाली मजबुत भएका देशलै नै भाइरसका अगाडी घुडा टेकेकोले दोस्रो र तेस्रो विश्वका मुलुकमा यो भाइरसले आतंक मच्चाउने आशंका गरिनु स्वभाविक पनि थियो। रफ्तारमा चलिरहेको मानिसको दिनचर्यामा भाइरसले एक्कसी ब्रेक लागाएपछि सन् २०२० समग्रमा एउटा भय, त्रासको वर्षको रुपमा मानस पटलमा कहिले भुल्न नसक्ने अमिट छाप बनेर रह्यो।

तर, यस वर्ष मानिसले धेरै कुरा सिक्न पनि पाएका छन्। भनिन्छ, मानिसले दुख र भोगाइबाट धेरै कुरा सिक्छ। समग्र मानव जातिका लागि एउटा कालो वर्षको रुपमा रहे पनि सन् २०२० मा डिजिटल प्रविधिले भने ठूलो फड्को मारेको छ। डिजिटल प्लेर्टफार्ममा आएको यो आधिंबेरी यस वर्षको ठुलो उपलब्धीको रुपमा रह्यो।

भाइरसका कारण भिडभाड कम गरेर सामाजिक दुरी कायम गर्नुपर्ने, मुखमा माक्स लगाउनु पर्ने बाध्यत्मक अवस्थामा ‘वर्क र्फम होम’ अर्थात घरबाटै काम गर्ने बानीको विकास भएको छ। भाइरसको संक्रमणको त्रासका कारण पढाइ, लेखाइ, कमाइ सबै घरबाट नै गर्नु पर्ने बाध्यता आइलाग्यो। कोरोना कालमा लकडाउनका कारण आपसी सम्पर्क र सम्बन्धमा ठूलो प्रभाव पर्यो।

तर, हरेक निराशामा पनि आसाका किरणहरु हुन्छन भनेजस्तै ह्वाट्स एप, फेसबुक, ट्वीटर, जुम, भाइबर टिकटक लगाएत इन्टरनेटका माध्यम मानिसको लागि सम्पर्क र सम्बन्धमा जाड्ने नयाँ हाइवे बनेर उदाए।

समग्रमा सन् २०२० लाई फर्केर हेर्दा डिजिटलाइजेसन क्षेत्रमा अभुतपूर्व विकास भएको वर्षको रुपमा लिन सकिन्छ। महामारीका कारण उत्पन्न असमान्य स्थितिले कार्यलय बन्द हुँदा इन्टरनेटका माध्यमले घरबाट काम गर्ने बाटो देखायो।

विश्वविद्यालय, क्याम्पस, कलेज, स्कुलका ढोका बन्द हुँदा डिजिटल माध्यमबाट शिक्षण सिकाइले निरन्तरता पायो। पठन पाठन लगाएत शिक्षण सिकाइका क्षेत्रमा इन्टरनेटका अभुतपूर्व विकास भयो।

त्यस्तै लोकसेवा आयोग लगाएत विभिन्न संस्थाहरुले पनि अनलाइनबाट फाराम भर्ने र अनलाइनबाट परिक्षा लिने व्यबस्था गरे। सुरक्षा निकाय सेना, पुलिस, शसस्त्र लगाएत क्षेत्रमा पनि अनलाइन प्रयोगबाट नयाँ भर्ती लिने प्रक्रिया अनलाइनकै माध्यमबाट गर्न थालियो।

यो वर्षले डिजिटल सपिङ र डिजिटल मनोरञ्जनमा पनि नौलो पाठ सिकायो। आइटी र कम्यूनिकेशनजस्ता क्षेत्रका व्यवसाय र रोजगारको क्षेत्रमा पनि नयाँ नयाँ अवसरहरु सिर्जना भए। खासगरि डिजिटल सपिङलाई यूवाहरुसँग जोडेर हेर्ने गरिन्थ्यो। तर, यो वर्ष बच्चादेखि वृद्धासम्म अनलाइन सपिङमा व्यस्त रहे।

सबै उमेर समूहका मान्छेहरु अनलाइनबाट सामान मगाउने र घरमै भुक्तानी गर्न पाउँदा डिजिटल सपिङले ठूलो फड्को मारेको देखियो। आवश्यक परेको सबै सामान एकैछिनमा घरको ढोकामै आउने भएपछि धेरै मानिस यो सञ्जालमा जोडिए र प्रविधिप्रति मान्छेको आर्कषण बढ्दो छ।

यस्तै अनलाइन सपहरुले घर घरमा सामान पुर्याउनु पर्ने भएका कारण धेरै युवाहरुले रोजगारी पाए। धेरै मान्छेले यसलाई नै व्यबसाय बनाए। यो संख्या दिन प्रतिदिन बढ्दो छ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन र सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यत्मक अवस्थाका कारण ‘वर्क र्फम होम’ पुरै दुनियाँका लागि आवस्यक्ता बन्न पुग्यो। जसकारण दुनिया पुरै बर्वाद हुनबाट बच्यो।

असहज परिस्थिति एवं संघर्षका अनुभवबाट पाठ सिक्दै त्यसलाई शक्तिमा रुपान्तरण गर्दै आगामी वर्ष २०२१ सार्थक र अग्रगमन वर्ष साबित हुन सकोस् आसन्न नयाँ वर्षको शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *