संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख सापकोटा

डिसी नेपाल
१६ पुष २०७७ १४:१९
152
Shares

काठमाडौं। विघटिन प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संधिवानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको दाबी गरेका छन्। यो विषयमा आफूले पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए।

बिहीबार चारवटा राजनीतिक दल आवद्ध महिला संघठन र निवर्तमान सांसदहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको दाबी गरेका हुन्।

उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे। उनले आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसँग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए।

सापकोटाले भने, ‘अहिले सभामुखको जिम्मेवारीको हिसाबले मेरो भूमिका के हुन्छ, संविधानको रक्षाका लागि, समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *