६ हजार पीसीआर परिक्षण गर्दा थप ५३४ जनामा कोरोना, नेपालमा निको हुने दर ९६.८ प्रतिशत

डिसी नेपाल
१६ पुष २०७७ १६:२२

काठमाडौं। विहिबार नेपालमा ६ हजार जनाको पीसीआर परिक्षण गर्दा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८५६ पुगेको छ।

यस्तै हालसम्म ३६२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।

तथ्यांकः

  




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *