भारतको एक भाजपा शासित राज्यमा मुस्लिम विद्यालय बन्द गर्ने कानून पारित

डिसी नेपाल
१७ पुष २०७७ २१:२१

नयाँ दिल्ली (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दुवादी पार्टी भाजपा शासित एक राज्यले मुस्लिम विद्यालय बन्द गर्ने कानून पारित गरेको छ। पूवोत्तर राज्य असमको विधानसभाले बुधबार मदरसा भनिने मुस्लिम विद्यालय बन्द गर्ने कानून पारित गरेको हो।

आगामी अप्रीलसम्म सो राज्यमा रहेका करिब ७ सय मदरसा बन्द हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। भाजापा सरकारको यो निर्णयको विपक्षीहरुले भने चर्को आलोचना गरेका छन्। हिन्दु बहुल भारतमा अल्पसंख्य मुस्लिम विरोधी भाजपाको नीति यो कानून पारितमा झल्एिको उनीहरुले बताएका छन्।

असमका शिक्षामन्त्री तथा भाजपाका स्टार नेता हेमन्त विश्व शर्माले भनेका छन्, ‘हामीलाई अल्पसंख्यक मुस्लिम समूदायबाट चिकित्सक आवश्यक छ, इन्जिनियर आवश्यक छ, कर्मचारी आवश्यक छ तर इमाम आवश्यक छैन।’

भाजपा सरकारले मुस्लिम मदरसाले गुणस्तीरय शिक्षा नदिएको भन्दै ती मदरसा बन्द गर्ने निर्णय गरेको हो। भारतमा भाजापा केन्द्र सरकारमा आएपछि मुस्लिम विरोधी गतिविधि बढेको भन्दै आलोचना हुने गरेको छ। र भाजापा नेतृत्वको सरकारले मुस्लिम विरोधी नीति लिएकोसमेत भन्दै भारतमा विपक्षीहरुले मोदी सरकारको आलोचना गर्दै आएका छन्। प्रधानमन्त्री मोदी कट्टर हिन्दुवादी मानिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *