पार्टी फुटबाट जोगाउन केन्द्रीय कमिटी विस्तार गरिएको होः मुख्यमन्त्री पोखरेल
फाइल फाेटाे
दाङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी एकतालाई बचाउनका लागि नै एक हजार एक सय केन्द्रीय सदस्य निर्माण गरिएको बताएका छन् । तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी फुटाउन ४० प्रतिशत चाहिने तर एघार सय पार्टीका केन्द्रीय सदस्य बनाइएपछि कसैलाई पनि पार्टी फुटाउन बहुमत नहुने भएपछि कमिटी विस्तार गरिएको स्पष्ट गरे ।
अहिले पार्टी फोड्ने तागत कसैसंँग पनि नभएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले बताए । अहिले पार्टी फुटतर्फ जानुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव नै रहेको उनले जिकिर गरे । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment