व्यवसायीले कृत्रिम मूल्यवृद्धि गरेर बजारलाई महँगो बनाए : मन्त्री भट्ट

डिसी नेपाल
१८ पुष २०७७ १०:५२

काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायीले कृत्रिम मूल्यवृद्धि गरेर बजारलाई महँगो बनाएको बताएका छन्।

ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले निजी क्षेत्रलाई स्वतन्त्र रूपमा छाडिएको तर, व्यवसायीले त्यसको दुरुपयोग गरि कृत्रिम मूल्यवृद्धि गरेर बजारलाई महँगो बनाएको बताएका हुन्।

उद्योगी–व्यवसायीलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको, तर केही उद्योगी–व्यवसायीले अस्वाभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको उनको भनाइ छ।

मन्त्री भट्टले मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्। विभिन्न वस्तुहरूमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायी नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने उनको भनाइ छ।

अहिले दाल, फलाम, सिमेन्टलगायत वस्तुमा अत्यधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैँ गर्न उद्योग व्यवसायीका संगठनहरूलाई उनले आग्रह गरे। आफैँ मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ती गर्नेलाई नछाड्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *