राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२१ डिजिटलमा (फाेटाेसहित)
काठमाडौं । नेपाल र अमेरिकामा चर्चित रहेका फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२१ कोभिड–१९ को महामारीले गर्दा डिजिटलमा उपलब्ध भएको छ। नेपाल हुँदै अमेरिकामा पनि प्रत्येक वर्ष प्रकाशन हुँदै आएको क्यालेन्डर यो वर्ष डिजिटल रुपमा प्रकाशन भएको राजिब श्रेष्ठले बताएका छन्।
एक बर्ष अवधिमा खिचेका फोटोहरुमध्ये उत्कृष्ट र आकर्षक फोटाहरु समाबेश गरिएको नयाँ बर्ष २०२१ को ग्लाम क्यालेन्डर राजिब श्रेष्ठको आधिकारिक सामाजिक संजाल facebook.com/rajivshrestha, Instagram.com/
सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले ग्ल्याम फोटोग्राफी गर्न पनि गाह्रो भएको श्रेष्ठले बताएका छन्। हरेक महिनाको पानामा एक मोडललाई प्रस्तुत गरिने ग्लाम क्यालेन्डर २०२१ मा नेपाल र अमेरिकाको ३ जना मोडल मात्र समावेश भएका छन्।

समावेश भएको मोडलहरुमा नेपालबाट मिस नेवा शोभा महर्जन र २०२० मा अमेरिकाबाट चर्चित कला न्यौपाने रहेका छन्।
ग्लाम क्यालेन्डर २०१८ अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले बिमोचन गरेका थिए भने २०१९ क्यालेन्डर ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले गरेका थिए।
२०२० को क्यालेन्डर नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम बिश्वोकर्माका साथै नेपाल अमेरिका फिल्म सोशाईटीका अध्यक्ष
पूर्णसिंह बराईली, मिस नेपाल यु एस ए सुरबी खनाल, मोडेल कला नेउपाने र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले संयुक्तरुपमा गरेका थिए।
राजिव श्रेष्ठको फोटो ग्राफी कलाले नेपाल र नेपाली संस्कृतिलाई जोड्न सहयोग पुग्ने कुरा यस क्षेत्रका व्यक्तित्वहरुले बताउने गरेका छन्। झट्ट हेर्दा मोडल र ग्ल्यामर होला तर राजिव श्रेष्ठको मोडलिङ्ग फोटोग्राफीले नेपालमा एउटा नयाँ आयाम ल्याएको थियो, अब यो क्रम अमेरिकामाको नेपाली माझ पनि स्थापित भएको पाएँु’ भर्जिनिया निवासी व्यवसायी भरत बराइलीले भने।










No ads found for this position

डिसी नेपाल
Facebook Comment