भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रितः प्रमुख दाहाल

डिसी नेपाल
१८ पुष २०७७ १८:५७

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् ।

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बताइन् । भरतपुर महानगरपालिका कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्न क्रियाशील रहेको बताइन् । भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा अनुदानका साथै यान्त्रीकरणमा अनुदानको सूरूवात गरेको भन्दै प्राप्त अनुदानको सही सदुपयोग गरी प्रतिफल हासिल गर्नैपर्ने सर्त रहेको उनले बताइन् ।

दूध किसानहरूलाई उत्पादनमा सहयोग पुर्याउन प्रतिलिटर एक रूपैयाँ नगद अनुदान दिइरहेको बताउँदै यसले केही मात्रामा भएपनि दुग्ध उत्पादक किसानलाई उत्पादन बढाउन सहयोग पर्याएको विश्वास व्यक्त गरिन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले कृषिमा आत्मनिर्भर नहुँदासम्म हामीले लिएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै यसलाइ पूरा गर्ने उद्देश्यका साथ कृषि र पशुपन्छीको क्षेत्रमा १० प्रतिशत बजेट बिनियोजन गरी कार्यन्वयनमा ल्याएको बताइन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरूको लागि विदेशको सिप नेपालमा लगानी जस्ता कार्यक्रम मार्फत रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको भन्दै त्यसबाट लाभ लिन नगरबासीहरूलााई आग्रह गरिन् ।

भूमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयकी सचिव मनिता जोसी वैद्यले मुलुक दुधमा आत्मनिर्भर हुन नसकेको बताउँदै यसलाइ पुरा गर्न व्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताइन् । परम्परागत कृषि उत्पादन प्रणालीलाइ सुधार गरी यान्त्रीकरण र व्यावसायिकरण गरेर बढाउनुपर्ने बताइन् । उनले गुणस्तरिय दुध उत्पादन आजको आवश्यकता भएको भन्दै दुधमा गुणस्तर कायम गर्न उत्पादक किसान तथा सहकारीहरूलार्इ आग्रह गरिन् ।

बागमती प्रदेशले किसानहरूका लागि नगद तथा यान्त्रिककरणका लागि विभिन्न अनुदान सहयोग गरिरहेको बताउँदै त्यसबाट लाभ लिन उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा दुग्ध बिकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले किसानहरूको समस्या सरकारले सही ढंगले समाधान गर्न नसकेको बताउँदै उत्पादकत्व वृद्धि गर्न सक्ने नविन कार्यक्रमहरू ल्याउनुपर्ने बताए । सदस्य तिमिल्सिनाले देशका स्थानिय तहमा पहिलो पटक भरतपर महानगरपालिकाले उत्पादनको आधारमा नगद अनुदानको व्यवस्था गरेको भन्दै भरतपुर महानगरपालिकालार्इ धन्यवाद दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *