कोरोना पश्चात पहिलोपटक समृद्धि स्कुलमा गरियो रक्तदान कार्यक्रम
काठमाडौं । समृद्धि स्कुल बालाजुले कोभिड–१९ पछि पहिलो पटक रक्तदान कार्यक्रम गरेको छ। शनिबार स्कुलको क्लव २५, समृद्धि च्याप्टर, चःमति नेवाः, खलश्र र किलाघः त्वा मिसा पुचःको संयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम गरेको हो।
रक्तदान कार्यक्रममा बोल्दै प्रिन्सीपल समेत रहेका सि.ई.ओ नरेशप्रसाद श्रेष्ठले, युवाहरूलाई स्वच्छ र स्वस्थ जिवनशैली अपनाई रक्तदानको माध्यमबाट मानवसेवा तथा जिवनदान गर्न सघाउने उद्देश्यले विश्व स्वास्थ संगठन (डब्लु.एच.ओ.)ले क्लब २५ को अवधारणा ल्याएको जानकारी गराएका थिए।

कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका अनुसार कोभिड १९ को संक्रमण पश्चात बिद्यालयमा सम्पन्न भएको यो पहिलो रक्तदान कार्यक्रम हो।
कार्यक्रममा ७३ जना बिद्यार्थि, अभिभावक तथा स्थानिय दाताहरूले रक्तदान गरेको विद्यालयले जनाएको छ। समृद्धि स्कुल बालाजुको क्लब २५ का बिद्यार्थिहरूले व्यवस्थापन गरेको उक्त कार्यक्रममा रक्तदाताहरू तथा सहयोगी संस्थाहरूलाई समृद्धि स्कुलका सि.ई.ओ ÷ प्रिन्सीपल नरेशप्रसाद श्रेष्ठ, चःमति नेवाः खलःका अध्यक्ष पुर्णकाजी ज्यापु लगायतले प्रमाणपत्र वितरण गरेका थिए।



No ads found for this position


डिसी नेपाल
Facebook Comment