राष्ट्रपतिविरुद्ध अपमानजनक टिप्पणी गर्नेलाई कारवाही गर्ने गृहमन्त्रीको चेतावनी

डिसी नेपाल
१९ पुष २०७७ १२:३५

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति राजनीतिकर्मीहरुले नै अशोभनीय, अमर्यादित र अशिष्ट भाषामा अभिव्यक्ति दिएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन्।

गृह मन्त्रालयमा अखिल नेपाल महिला संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री थापाले अमर्यादित ढंगले राष्ट्रपतिको नाम लिनु दुखद भएको बताएका हुन्।

राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय कार्य भएको बताउँदै त्यस्तो कार्यमा संलग्नहरुको छानविन गरी कारवाही गरिने गृहमन्त्री थापाको भनाइ थयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिलाई लक्षित गर्दै आपत्तिजनक नाराबाजी लगाइएको थियो।

अखिल नेपाल महिला संघले पछिल्लो राजनीतिक घटना क्रमसँग जोडर राष्ट्रपतिको चरित्रहत्या गर्नेगरी अमर्यादित र अशिष्ट भाषा प्रयोग गरी गतल प्रचार गरिएको भन्दै आपत्ति प्रकट गर्दै गृह मन्त्रीको ध्यानाकर्षण गराएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *