संसद् विघटनबारे सर्वोच्चमा जवाफ पेश
काठमाडौं। संसद् विघटन गर्नुको कारणसहित सरकारले सर्वोच्च अदालतमा जवाफ पेश गरेको छ। पुस १० मा सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश दिएको थियो।
सर्वोच्चको सो आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइबार दिउँसो सर्वोच्चमा जवाफ पेश गरेको हो। महान्यायधिवक्ताको कार्यालयमार्फत सरकारले जवाफ पेश गरेको हो।
महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले दिउँसो ३ बजेपछि जवाफ सर्वोच्चमा पेश गरिएको जानकारी दिए। जवाफमा संसद् विघटन गर्ने निर्णयको सक्कल प्रतिलिपीसमेत संल्गन राखिएको जनाइएको छ। सर्वोच्चले कारण देखाउँ आदेशमै निर्णयको सक्कल प्रतिलिपी पेश गर्न आदेश दिएको थियो।
अब सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्ध परेका सबै ११ वटा रिटमाथि निरन्तर सुनुवाई गर्नेछ। पुस २२ बाट सर्वोच्चले निरन्तर सुनुवाई गर्ने भएको हो। सर्वोच्चको आदेश अनुसार ५ सदस्यीय एमिकस क्युरीसमेत चयन भइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment