नेकपाकाे आधिकारिकता विवाद : निर्वाचन आयोगले दुबै समूहलाई पत्र पठायो

डिसी नेपाल
१९ पुष २०७७ १६:२८
424
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पठाएको पत्रको आयोगले दुवै समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद उल्लेख नगरिएको पनि उनले जानकारी दिए।
उनले डिसी नेपालसँग भने, ‘उहाँहरुको आधिकारिकता विवाद टुंगो लगाउन दुवै पक्षलाई चिठी पठाएका छौं।’

आयोगले प्रचण्ड समूहलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद –९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ। र, प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ दिनभित्र आयोगलाई जवाफ दिएर सहयोग गर्न भनेको छ।

ओलीलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको उल्लेख मात्र गरिएको छ। नेकपा विभाजन नभएको दुबै गुटका नेताहरुले बताउँदै आएकोमा आयोगले पक्रिया शुरु गरेसँगै अब नेकपाको विभाजनले औपचारिकता पाउने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *