१०५ किलो गाँजासहित ७ जना पक्राउ
सांकेतिक तस्वीर
पर्सा । लागूऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरीले वीरगंज महानगरपालिका २१ लालबाट १ सय ५ किलो अवैध लागूऔषध गाँजा (चिप्पड) सहित ७ जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका १० बस्ने २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका १ बस्ने ३७ वर्षीय निरज लामा, चितवन राप्ती नगरपालिका २ बस्ने ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ बस्ने ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।
लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको उक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उक्त ब्यूरोले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment