नेप्सेमा उछाल, परिसूचक २२ सय विन्दु नजिक

डिसी नेपाल
१९ पुष २०७७ १७:२६

काठमाडौं। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८८ दशमलव १२ अंकले बढेको छ। २ हजार १ सय ४ दशमलव ८६ विन्दुदेखि खुलेको बजार आइतबार निरन्तर बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा पुगेको छ।

आइतबार परिसूचक ४ दशमलव २२ प्रतिशतले माथि उक्लिएको हो। यस्तै ठुला कम्पनीहरुको  कारोबार मापक सेन्सेटिभ इन्डेक्स १७ दशमलव १८ अंकले बढेर ४१५ दशमलव ८८ विन्दुमा पुगेको छ।

आइतबार २१२ ओटा कम्पनीको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार भन्दा माथीको सेयर कारोबार भएको छ।

नेपाल लाईफको सर्वाधिक ५० करोड ९५ लाख माथीको सेयर कारोबार भएको छ। आइतवार कारोबारमा आएका १२ ओटै समूहको परिसूचक बढेको छ। यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ९ दशमलव ६४ प्रतिशतले बढेको छ। आइतवार राधी विद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ४ दशमलव २९ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *