चुनावी सुरक्षा रणनीति बनाउन जुट्यो गृहमन्त्रालय

डिसी नेपाल
१९ पुष २०७७ २०:०७
120
Shares

काठमाडौं। सर्वोच्च अदालतमा संसद पुनःस्थापना कि विघटन सदर भन्ने मुद्दाको बहस चलिरहेको बेला गृहमन्त्रालयले चुनावी सुरक्षा रणनीति बनाउने तयारी थालेको छ।

गृहमन्त्रालयले चुनावको सुरक्षाको रणनीति बनाउन शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको नेतृत्वमा तीन वटै सुरक्षा निकायका अधिकारीहरु रहेको एक समिति गठन गरेको गरेको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १–१ जना प्रतिनिधि छन्।

सरकारले १७ र २७ बैशाखमा निर्वाचनको मिति घोषणा गरेको छ। ‘सुरक्षा रणनीतिका लागि एउटा समिति गठन भएको छ यसले देशभरको सुरक्षा अवस्थाको बारेमा चासो राखेर रणनीति तयार पार्नेछ’, मन्त्रालय स्रोतले भन्यो।

सत्तारुढ दल नेकपामा किचलो भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। तर, संसद् विघटनलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर भएका छन्। ती रिटमाथि पुस २२ बाट निरन्तर सुनुवाई हुँदैछ। संसद् विघटनबारे सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपछि आइतबबारमात्र सरकारले सर्वोच्चमा जवाफ पेश गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *