उपलब्धीको रक्षा गरौं : उपेन्द्र यादव

डिसी नेपाल
१९ पुष २०७७ २३:०८

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताएका छन्। जनता समाजवादी पार्टी नेपाल युवा सङ्घद्वारा आइतबार जनकपुरधाममा आयोजित युवा प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिए।

उनले कांग्रेस आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग हुनु जरूरी रहेको बताए। उनले परिवर्तनका बाहक युवाले अबको नेतृत्व लिनुपर्ने बताए। कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले प्रतिनिधिसभा विघटन हुनु गलत भएको बताए।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र समावेशिताको संरक्षण गर्नुपर्नेमा जोड दिए। सङ्घका अध्यक्ष योगेन्द्रराय यादवको अध्यक्षतामा भएको समारोहमा कार्यकारिणी सदस्य एवं प्रदेश नं २ का आर्थिक मामिलामन्त्री विजयकुमार यादव, राज्यमन्त्री उषा यादव र सदस्य महाजन यादवले मुलुकलाई विषम परिस्थितिबाट जोगाउन सबैको अग्रसरता आवश्यक भएको धारणा राखेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *