माधव नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठक
फाइल फाेटाे।
काठमाडौं। पत्नी सीता दाहालको उपचार गर्न पुष्पकमल दाहाल प्रचण्ड भारत गएपछि प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठकको अध्यक्षता माधव नेपालले गरेका छन्।
पेरिस डाँडामा जारी बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि घोषणा गरिएको आन्दोलनका कार्यक्रमका विषयमा छलफल भइरहेको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बैठकमा माधव नेपालले अध्यक्षता गरेको यो पहिलो पटक हो। यो समूहले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment