गायक आशिस राना लाउरेको कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु

डिसी नेपाल
२० पुष २०७७ १८:५२
7.8k
Shares

काठमाडौं। नेपाली गायक तथा र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ। भारतको पश्चिम बंगाल राज्यको कालिङपोङमा आइतबार साँझ भएको सो कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु भएको र ५ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यम जी न्यूजले जनाएको छ।

मृत्यु हुनेहरुमा ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बिनिता गुरुङ रहेको जी न्यूजले जनाएको छ। नेपाली गायक रानाले प्रस्तुति दिएपछि कालिपोङस्थित मेला ग्राउण्डमा भएको सो कन्सर्टमा भागदौड मच्चिएको जनाइएको छ।

घटनापछि दार्जिलङबाट भाजापा सांसद राजु विष्टले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक निवेदन लेखेर घटनाबारे छानविन गर्न आग्रह गरेका छन्। उनले कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड नअपनाई कन्सर्ट गर्न स्थानीय प्रशासनले अनुमति दिएको समेत बताएका छन्। उनले कन्सर्टमा प्रहरीले लाठी चार्ज गर्दा भागदौड भएको र सो क्रममा दुईजनाको मृत्यु भएको बताएका छन्।

आइतबार साँझ भएको सो घटनालाई लिएर चर्चित गायक विपुल क्षेत्रीले फेसबुकमार्फत दुःख व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *