कञ्चनपुर घटना: भारतसँग विरोध प्रकट गर्न सरकारलाई कमल थापाको आग्रह
फाइल तस्वीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कन्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एएसबी)ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति भर्त्सना गरेका छन्।
मंगलबार बिहान ट्वीट गर्दै उनले घटनाको छानबिन गर्न र भारत सरकारसँग विरोध प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार साेमबार साँझ घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ।
कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु
— Kamal Thapa (@KTnepal) January 5, 2021
No ads found for this position

डिसी नेपाल
Facebook Comment