गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज

डिसी नेपाल
२१ पुष २०७७ १०:२८
52
Shares

काठमाडौं। गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज  बस्दैछ। पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा बर्तमान राजनीतिक परिस्थितिवारे छलफल हुने कार्यक्रम रहेको छ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थामा बमोजिम प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए।

प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेकपामा देखिएको विवाद अहिले प्रदेश सरकारमा समेत परेको छ। यस्तो अवस्थामा बस्न लागेको बिशेष अधिवेशनलाई राजनीतिक महत्वकासाथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *