न्यू इयर पार्टीमा सामूहिक बलात्कारपछि एयरहोस्टेसको मृत्यु, होटलको बाथटबमा लाश

डिसी नेपाल
२१ पुष २०७७ ११:२२

काठमाडौं। नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक बलात्कारका कारण मृत्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ । फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सामूहिक बलात्कार गरिएको र सोही कारण उनको मृत्यु भएको रिपोर्टमा जनाइएको छ । यो घटनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफरक्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ ।

द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् । रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृत अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पुलिसले क्रिस्टिनको शव बरामद गर्ने बेला उनको शरीरमा धेरै चोटहरु थिए । यी चोटहरुले उनको सामूहिक बलात्कार भएको जनाउँथे ।

यो घटनाबारे एयरलाइन्सले कुनै बयान जारी गरेको छैन । पुलिसले अहिलेसम्म यो घटनाका सम्बन्धमा ११ जनालाई गिरफ्तार गरेको छ । पक्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए । क्रिस्टिनकी आमाले पुलिसलाई दिएको बयानका छोरी आफ्नो अनुमति लिएर पार्टीमा गएको बताएकी छिन् । क्रिस्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्यान फलोइङ राम्रो थियो । यही कारण पनि उनको मृत्युको घटनाले सामाजिक संजालमा हलचल ल्याएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *