महामारी न्यूनिकरणका लागि अभिमुखीकरण कार्यक्रम संचालन

डिसी नेपाल
२१ पुष २०७७ ११:५८

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि पूर्व तयारी तथा प्रतिक्रिया सम्बन्धी कार्यक्रम सञ्चालनमा आउने भएको छ। भाइरसको संक्रमण हाल केही कम देखिएता पनि जोखिम कम भइनसकेको अवस्था रहेको छ।

बिराटनगरमा सोमबार आयोजित कार्यक्रममा कोभिड सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यक्ता महशुस गर्दै उतm कार्यक्रम सञ्चालनमा ल्याइएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालिन (महामारी) पूर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम संचालन भएको हो।

स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धीका लागि उक्त अभीमुखीकरण कार्यक्रम संचालन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पुर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्व तयारीका निम्ती जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धी गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको जनाइएको छ।

प्रदेश न. १ को राजधानी बिराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमश प्रदेश न. २ को वीरगंज, बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगंज र सुदुरपश्चिम प्रदेशको कंचनपुरमा पनि संचालन गरिने बताइएको छ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँग सँगै अघि बढ्ने विश्वास राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *