प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा आजदेखि बहस हुँदै
काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आजदेखि शुरु हुँदैछ।
सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो। सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ।
यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ।
उता नेपाल बार एशोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिएको छ । सर्वोच्च अदालतले एमिकस क्युरीका लागि कानूनवेत्ता झिकाउने आदेश जारी गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment