ह्वात्तै घट्यो सुन

डिसी नेपाल
२३ पुष २०७७ ११:४०

काठमाडौं। साताको पाँचौ दिन बिहिबार सुनको मूल्य ह्वात्तै घटेको छ। बिहिबार एकै दिन सुनको मूल्य १ हजार ३ सयले घटेको छ।

बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य १ हजार ३ सयले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ निर्धारण गरियको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनायको छ।

बिहिबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *