चर्चामा उर्वशीको ब्याकलेस ड्रेस, बनाउन १५० घण्टा लाग्यो, मुल्य आधा करोड !

डिसी नेपाल
२३ पुष २०७७ १२:०९

काठमाडौं। अभिनेत्री उर्वशी रौतेला फिल्मका साथसाथै आफ्ना तस्वीका कारण पनि चर्चामा रहन्छिन् । पछिल्लो समय उर्वशी फेरि फोटोकै कारण चर्चामा आएकी छिन् । अहिले उनले लगाएको पहिरनका कारण उनका तस्वीर चर्चामा छन् । उनले लगाएको रातो पहिरन तयार गर्न लागेको समय र त्यसको मूल्य निर्क चर्चामा छ ।

उर्वशीले हालै रातो पहिरनमा आफ्ना केही तस्वीर शेयर गरेकी थिइन् । यो पहिरन फिलिपिन्सका डिजाइनर माइकल सिंकोले तयार गरेका हुन् । यो पहिरनको मूल्य ४५ हजार अमेरिकी डलर पर्छ जसको नेपाली मूल्य आधा करोड रुपैयाँभन्दा धेरै हुन्छ । यो पहिरनको मूल्य मात्रै धेरै होइन यसलाई बनाउन पनि निकै परिश्रम गर्नुपरेको थियो । यसलाई लयार गर्न १ सय ५० घण्टा लागेको थियो ।

डिजाइनरले यो पहिरन बनाउने प्रक्रियाको खुलासा गरेका छन् । एक अन्तरवार्तामा डिजाइनर माइकल सिंकोले भने ‘न्यू इयर इभेन्टमा उदाउँदी स्टार उर्वशी रौतेलाले यो रेड सेक्विन ड्रेस लगाउँदा खुसी लाग्यो । यो ब्याकलेस फेयरी गाउनले उनलाई रेड फेयरी लुक दिइरहेको थियो ।’ माइकल सिंकोले यसअघि यस्तै ड्रेस ऐश्वर्या राय बच्चनको लागि पनि डिजाइन गरेका थिए । त्यो पहिरन ऐश्वर्याले कान्स फिल्म फेस्टिभलमा लगाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *