घरमा जेठी श्रीमति हुँदाहुँदै कान्छी ल्याउने पक्राउ

डिसी नेपाल
२३ पुष २०७७ १८:३५

सप्तरी । जेठी श्रीमति हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो. इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमति सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमति हसिनालाई पक्राउ गरिएको जानकारी दिए । कान्छी श्रीमति हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।

भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमति भन्दै घर भित्र्याएको पीडितले बताए । पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित हुन्। उनको १२ वर्षीय छोरा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *