पीएम कप क्रिकेटको खेलतालिका सार्वजनिक
काठमाडौं। प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको छ। क्यानले प्रतियोगिता माघ २ गतेबाट सुरु हुने जनाएको छ।
टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने छ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमसहित १० टिमले प्रतिस्पर्धा गर्ने छन्।
पीएम कपका लागि प्रदेशस्तरीय छनौट प्रतियोगिता सम्पन्न भइसकेका छन्। यस्तै पीएम कप महिला क्रिकेट प्रतियोगिता हालै सम्मन्न भएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment