चार पूर्व प्रधानन्यायाधीशले भनेः प्रतिनिधिसभा विघटन असंवैधानिक

डिसी नेपाल
२४ पुष २०७७ १८:५८
200
Shares

काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेकामा त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई जारी रहेका बेला सर्वोच्चका चारजना पूर्व प्रधानन्यायाधीशले  प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन्।

पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज श्रर्मा, कल्याण्ड श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्र्दै प्रतिनिसभा विघटन असंवैधानिक भएको बताएका हुन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘धारा ७६ मा मन्त्रिपरिषद गठन गर्ने सिलसिला वा सो प्रयोजनका लागि बाहेकको कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरेको पाइन्छ।’

उनीहरुले कसैले पनि अधिकार र्सिजना गर्न नसक्नेसमेत बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *