आयाल निगम र कामाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

डिसी नेपाल
२४ पुष २०७७ २३:३९

काठमाडौं।नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयुका स्कूल अफ इञ्जिनीयरिङका डीन डा डम्बरबहादुर नेपालीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगममा आधुुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इञ्जिनीयरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *