नक्कली सुनलाई सक्कली भनेर सुन पसलेलाई नै ठगेपछि….

डिसी नेपाल
२५ पुष २०७७ १६:४२

काठमाडौं । नक्कली सुनलाई सक्कली भनेर सुनचाँदी व्यवसायीलाई ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका ११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा (सुनार) रहेका छन्।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू समेत प्रहरीले बरामद गरेको छ ।

अनुसन्धानको क्रममा सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका ७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्दकी राखी नगद १ लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए । यस्तै, पुस १७ गते चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारास्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने बालालाई सुन हो भनि बन्दकी राखी नगद २ लाख ८० हजार रुपैयाँ ठगी गरी फरार भएको खुल्न आएको हो ।

सापकोटा उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *