गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा आइतबार हनुमानढोका आइपुग्दै

डिसी नेपाल
२५ पुष २०७७ २२:५४

काठमाडौं । गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ । नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासीले आइतबार नै पञ्चैबाजासहित स्वागत गर्ने छन् । उक्त पदयात्रा त्यसपछि मुड्खुगढी र थानागढी हुँदै बालाजु बाइपास–सोह्रखुट्टे–पकनाजोल–नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको निर्देशनालयले जानकारी दिएको छ ।

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गरेपछि शम्शेर दल गणले हनुमान ढोकामा तैनाथ शार्दूलजङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । सैनिक कवाज प्रदर्शनसहित दीप तथा ती पाँच प्रथम युनिटका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि हुनेछ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *