चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको ‘केटी’ मृत फेला

डिसी नेपाल
२६ पुष २०७७ १५:०३

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटी फेला परेको हो । पोथी गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । गैँडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७÷०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २० गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *