शान्ति मिसनमा जवानमाथि कुटपिट प्रकरणः ३ अधिकृतसहित ९ जनालाई कारबाही
काठमाडौं। शान्ति मिसन कंगोमा रहेका जवानमाथि कुटपिट गर्ने तीन जना नेपाली सेनाका अधिकृतसहित ९ जनालाई नोपली सेनाले कारबाही गरेको छ।
तल्लो तहका सैनिक अधिकृतहरुलाई कुटपिट गर्ने तीन जना सैनिक अधिकृतहरुलाई एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ। गत असोज ८ गते कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
शान्ति मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको थियो। त्यस्तै नेपाली सेनाबाट जारी गरिएको मिडिया नीति विपरित कार्य गर्ने र अरुलाई पनि भड्काउन प्रयास गर्ने एक जना सैनिकलाई ६ महिना कैदसहित बर्खास्त गर्ने निर्णय गरेको सैनिक स्रोतले जनाएको छ।
सेनाको मिडिया नीति तथा सामाजिक सञ्जाल सम्बन्धी नीति र आचार संहिता विपरित कार्य गर्ने दुई जनालाई दुई वर्ष बढुवा रोक्का, एक जनालाई एक वर्ष बढुवा रोक्का र अर्को जनालाई पनि नसिहत दिइएको छ। मादक पदार्थ सेवन गरेर आफूभन्दा माथिल्लो अधिकृतले सुव्यवस्था कायम गर्न दिएको आदेशको अवज्ञा गर्ने एक जनालाई नसिहत दिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment