सूर्यबिनायकमा आगलागी पाँच वटा पसल जलेर नष्ट

डिसी नेपाल
२७ पुष २०७७ १३:३७

काठमाडौं। भक्तपुरको सूर्यबिनायकमा आगलागी हुँदा पाँच वटा पसल जलेर नष्ट भएका छन्। सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारमा आगलागी हुँदा एक तले कच्ची टहरामा आगलागी हुँदा पाँच वटा पसल नष्ट भएका हुन्।

सोही स्थान बस्ने बर्ष ५५ को रामकृष्ण चौगुठीको एकतले कच्ची जस्ताको टहरामा बस्ने भोजबहादुर धिसिङले संचालन गरेको मासु पसलमा आगोलागी भई नजिकैको पाँंच वटा पसलहरु पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय, दमकल र प्रहरी टोलीको संयुक्त सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको जनाइएको छ। आगोलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन जाँदा अदाजी १२ लाख साठी हजार बराबरको धनमाल जलि नष्ट भएको अनुमान गरिएको छ। आगलागीबाट मानवीय क्षति भने हुन पाएन। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

आगालागीबाट भक्तपुर सुर्यबिनायक नगरपालिका ६ पाण्डुबजार बस्ने रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को यामाहाको मो.सा थान १ समेत जलि अन्दाजी ६ लाख बराबरको क्षति भएको जनाइएको छ।

साथै सोही स्थान बस्ने भोजबहादुर धिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान समेत पुर्ण रुपमा जलि अन्दाजी दुई लाख बराबरको क्षति भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *